जीप दुर्घटना हुँदा सुर्खेतमा तीनको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2020 Mar 04 | 02:33 pm 2846

सुर्खेत, फागुन २१: जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हनेमा एक महिला र दुुई पुरुष रहेको छ । तर, उनीहरुको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जीपमा रहेका अन्य चार जना गम्भीर घाइते भएको जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जीप दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गर्दा रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो ।

जीप अनियन्त्रित भएर सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको बताइएके छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.