आगलागीमा परी सल्यानमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 04 | 02:23 pm 2446

सल्यान, फागुन २१: आगोमा जलेर सल्यानमा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिद्धकुमाख गाउपालिका वडा नं १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षीय छोरा दुर्गा बहादुर बुढाथोकी रहेका छन् ।

मंगलबार बेलुका बुढाथोकीको घरमा अचानक आगलागी हुँदा आगो नियन्त्रण पश्चात बालकको शव घरको माथिल्लो तल्लामा जलेको अवस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए।

घरमा आगलागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबै भन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक जलेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

आगो कसरी लाग्यो भन्ने एकिन हुन नसके पनि जलेर मृत भेटिएका बालकको छेउमा सलाई भेटिएकोले बालक आफैंले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

मृतक बालकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भईरहेको प्रहरी जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.