तनहुँ, फागुन २०: गृह जिल्ला मुस्ताङमा मंसिर लागेपछि अत्यधिक चिसो बढेसँगै त्यहाँका विद्यार्थी घुम्ती क्याम्प संचालन गरी अध्ययन गर्न तनहुँ आएका विद्यार्थीहरु फागुन अन्तिम हप्तामा घर फर्किएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतियन क्याम्पभित्र संचालित लेकश्यदछल निम्न माध्यामिक विद्यालयमा अध्ययनका लागि आएका मुस्ताङी विद्यार्थी गृह जिल्ला फर्किएका हुन् ।
मुस्ताङमा हिउँ जम्न थालेपछि पढाइलाई निरन्तरता दिन शिक्षकसहित आएका १ सय ४३ विद्यार्थी करिव २ महिनापश्चात् मुस्ताङ फर्किएका छन् ।
शिक्षक तथा विद्यार्थी मुस्ताङ फर्किएको तिब्बेतीय क्याम्पले जनाएको छ । मुस्ताङमा चिसो बढेपछि विद्यार्थीको पढाइ प्रभावित हुन नदिन पुस महिनामा तनहुँ आएका विद्यार्थी र शिक्षकहरु फर्किएको मुस्ताङस्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक निग्मा ठिनि गुरुङले बताए।
उनका अनुसार जाडो लागेसँगै जीवनयापनमा समस्या भएपछि पुस महिनामा तनहुँ झरेको हो ।
हिँउले गर्दा बालबालिका घर बाहिर निस्कन समेत नसक्ने र विद्यालयमा उपस्थिति नै नहुने भएपछि यस्तो विकल्प सोचेका हौं । उनले भने ।
फरक ठाउँको पठनपाठनले विद्यार्थीहरुमा समेत सिकाईमा परिवर्तन आएको उनले बताए।