जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबाद्वारा आत्मसमर्पण

रिपोर्ट नेपाल | 2020 Mar 03 | 12:37 pm 2048

सुनसरी, फागुन २०: अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् ।

गत माघ ९ गते उच्च अदालतले पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

उनी अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि एकाएक भारत छिरेका थिए ।

मंसिर १६ मा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो ।

तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, विराटनगर पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.