काठमाडौं, फागुन २०: टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना (कोभिड १९) भाइरसको आशंकामा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ देखाएको छ।
जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । अस्पतालले उनीहरुको रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।
भर्ना गरिएका मध्ये चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको हो।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका स्रोतले जानकारी दिएको छ ।