४२ हजार भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किए

| 2020 Mar 01 | 12:52 pm 1761

काठमाडौं, फागुन १८: कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा मात्रै ४१ हजार आठ सय २५ जना र चीनबाहिर पाँच सय ९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका हुन् ।

गएको डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ६४ देशमा फैलिसकेको छ भने दुई हजार ९ सय ७९ जनाको ज्यान गएको र ८६ हजार ९ सय ९२ जना सङ्क्रमित भएका पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.