वायुको गुणस्तरमा काठमाडौं गत वर्ष भन्दा यो वर्ष सुधार

रिपोर्ट नेपाल | 2020 Mar 01 | 09:39 am 1665

काठमाडौं, फागुन १८: वायुको गुणस्तरमा पोहोरका तुलनामा काठमाडौंमा यो वर्ष सुधार आएको छ ।

अघिल्लो वर्ष आँखाले देख्न नसिकने घूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकोमा आलिहे ४४.५ माइक्रोग्राममा झरेको छ । यो सरकारले तोकेको मापदण्डभन्दा ४.५ माइक्रोग्रामले बढी हो ।

सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । उसले विश्वभर त्यस्तो धूलोका कण १० माइक्रोग्राममा झार्ने लक्ष्य राखेको छ ।

वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनले जाडो महिनामा काठमाडौँमा पीएम २.५ को मात्रा १ सय ८० माइक्रोग्रँमसम्म पुगेको देखाएको थियो । घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्षेनी विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।

आईक्यू एअरको शनिबार प्रकाशित प्रतिदेनमा काठमाडौं उपत्यका १३७ औं स्थानमा छ । गत वर्षको प्रतिवेदनअनुसार काठमाडौँ प्रदूषित सहरको सूचीको १ सयौं स्थानमा थियो । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.