प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा ईटहरीमा नवनिर्मित सैनिक अस्पतालको उद्‍घाटन

| 2020 Feb 28 | 07:03 pm 1876

सुनसरी, फागुन १६: प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच सुनसरी जिल्लाको ईटहरीस्थित नवनिर्मित ५० सैय्या क्षमता भएको सैनिक अस्पतालको समुद्‍घाटन गरेका छन्।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले श्री सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो ।

२०७४ कात्तिक १५ गतेबाट निर्माण शुरु भई २०७५ मंसिर १५ गते निर्माण सम्पन्‍न भएको उक्त सैनिक अस्पताल आज शुक्रबारबाट संचालनमा आएको छ ।

उक्त अस्पतालमा जनरल ओपिडि, मेडिकल ओपिडि, डेन्टल, प्याथोलोजी, ईएनटि, गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु संचालनमा ल्याइएको छ ।

उक्त उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.