काठमाडौं, फागुन १६: नेपालस्थित रहेको अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गरेर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार खड्का बिहीबार दिउँसो पक्राउ परेको जानकारी दिए।
खड्काले दूतावासको ‘एक्जुकेटिभ म्यानेजर’ भएको बताएर लाखौं रुपैयाँ ठगी गरेको पाइएको प्रमुख थापाले बताए ।
पक्राउ परेका खड्कामाथि ठगी संलग्नका श्रृंखलाबारे विस्तृत अनुसन्धान भइरहेको थापाको भनाइ छ ।