पूर्व सञ्चार मन्त्री बाँस्कोटाद्वारा मानहानीको मुद्दा पेश

रिपोर्ट नेपाल | 2020 Feb 28 | 03:40 pm 1527

काठमाडौं, फागुन १६: पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा मानहानिको मुद्दा पेश गरेका छन्।

बाँस्कोटाले आफूविरुद्ध झुटो लाञ्छना लगाइएको र गाली बेइज्जती भएको भन्दै मुद्दा हालेका हुन्।

उनले सामाजिक संजाल ट्विट मार्फत म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु, भन्दै जानकारी गराएका छन्।

पूर्व सञ्चार मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए।

उक्त अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध बाँस्कोटाले उजुरी दिएको बताइएको छ। मिश्रले आफूलाई झुटो आरोप लगाएको बाँस्कोटाको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.