बुटवल, फागुन १६: गत बुधबार पाल्पा–बुटबल सडक खण्डको सिदार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय कांग्रेस नेता महेन्द्र प्रसाद श्रेष्ठको मृत्यु भएको छ ।
लु १६ प ४६८६ नम्बरको आफ्नै मोटरसाइकलमा गुल्मी देखी बुटवल जादै गरेका श्रेष्ठलाई तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा ढुंगा खसेर गम्भिर चोट लागेको थियो ।
उनको शुक्रबार बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कांग्रेस नेता महेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।
श्रेष्ठ नेपाली कांग्रेस रेसुङा नगरपालिका वडा न ८ का सभापति समेत रहेका थिए । उनको निधनले गुल्मी कांग्रेसमा अतुलनिय क्षेती पुगेको छ ।