पूर्व डिआइजी रमेश खरेलले पार्टी गठन गर्ने

| 2020 Feb 26 | 12:17 pm 2115

काठमाडौं, फागुन १४: नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि डिआइजी पदबाट राजीनामा दिएर बाहिरीएका रमेश खरेलले अब खुल्ला रुपमा राजनीति गर्ने भएका छन् ।

कुनै समय प्रहरीमा बढुवाको लागि सुटकेस बोक्ने अभिव्यक्ति दिएर चर्चामा रहेका खरेलले आफ्नै अध्यक्षतामा राजनीतिक पार्टी खोल्न लागेका छन् ।

हाम्रो नेपाल हामी, नेपाली अभियान नामको राजनीतिक दल खोल्ने तयारी गरेका खरेलले भ्रष्ट्राचार बिरोधी अभियान चलाउँदै राष्ट्र हित र सुशासनलाई अघि सर्ने भएका छन् ।

सुरुका ६ महिना अभियानका साथ जनस्तसम्म पुग्ने र त्यसपछि जनताको राय सुझावको आधारमा राजनीतिक पार्टी बनाउने तयारी खरेलले गरेका छन् ।

खरेललाई आफूलाई भ्रष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाही लगायतका पूर्व नेपाल सरकारका कर्मचारीले साथ दिने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.