अवैध रुपमा लुकाइछिपाई लैजाँदै गरेको सुन सहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 25 | 06:48 pm 2112

सिरहा, फागुन १३: लहान नगरपालिका १९ छर्रापट्टीबाट अवैध रुपमा लुकाइछिपाई लैजाँदै गरेको करिब १५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ सय ३३ ग्राम सुन सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका १९ छर्रापट्टीका २४ वर्षीय मो मोतीउल रहमान र सोही ठाउँका २१ वर्षीय मो मुर्तुजा रहेका छन् ।

काठमाडौं देखि लहानको ठाडी चल्ने ना ४ ख ९३५७ नम्बरको बसबाट झरी को ३८ प २६३२ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुन सहित फेला पारी मोटरसाइकल चालक रहमान र मोटरसाइकलमा सवार मुर्तुजालाई पक्राउ गरेको हो ।

पक्राउ अभियुक्तलाई बरामद सुन सहित भन्सार कार्यालय ठाडीमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.