चोरीको ३ वटा मोटरसाईकलसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 24 | 08:19 pm 1871

बारा, फागुन १२: अवैध रुपमा मोटरसाइकल चोरी गरी बेचबिखान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोल्हवि नगरपालिका वडा नं ६ का नारायण चौधरी रहेको प्रहरीले जानकारी दिएको हो ।

मोटरसाईकल चोरी गरी मुनाफा लिई खरिद विक्रि गर्ने चौधरीलाई कोल्हवि नगरपालिका वडा नं ५ बाट विक्रि गर्न आएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले चोरीको मोटरसाईकल खरिद विक्रि हुन्छ गोप्य सूचनाको आधारमा गत फागुन ८ गते प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठका कमाण्ङिमा खटिएका प्रहरी टोलीले पक्राउ गरेका हुन् ।

विक्रिको लागि ल्याएको तीन वटा मोटरसाईकलसहित चौधरीलाई नियन्त्रणमा लिई चोरी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान तथा उक्त चोरी कार्यमा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भई रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.