कास्की, फागुन १२: प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन्।
पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि छानविन नगरेको आरोप उनीहरुले लगाएका थिए।
त्यस्तै यती कम्पनीलाई सरकारी जग्गा कौडीको भाउमा लिजमा दिएकोमा विरोधस्वरुप नाराबाजी गरेका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको बुझिएको छ।
उनीहरुलाई पोखराको सभागृह नजिकैबाट पक्राउ गरिएको हो। उनीहरु त्यहाँ कालो झण्डा देखाउने तयारी गरिरहेको बेला पक्राउ प्रहरीले जानकारी दिएको हो।
प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका हुन्।