काठमाडौं, फागुन १२: नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको बजार भाउमा तोलाको ८० हजार नाघेको हो।
आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तेजाबी सुन ८० हजारमा कारोबार भइरहेको जनाइएको छ। यस्तै, चाँदी तोलामा ५ रुपैयाँ बढेर ९ सय २५ रुपैयाँ पुगेको छ।