रुखले च्यापिएर तनहुँमा एकजनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 24 | 11:04 am 3223

तनहुँ, फागुन १२: रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेका छन् ।

स्थानीय कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा सोही रुखले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

रुखले च्याप्दा थापाको घटनास्थलमै मृत्यु भएको थियो। शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.