काठमाडौं, फागुन ११: निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग आयोग कार्यालयमा उजुरी परेको छ ।
उनको सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिद प्रकृयामा ७० करोड बार्गेनिङ भएको अडियो क्लिप सार्वजनिक भएपछि चौतर्फी दबावमा पदबाट राजीनामा दिएका थिए ।
बाँस्कोटाविरुद्ध भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारबाही गर्न पाउँ भन्दै आइतबार प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आयोगको कार्यालय टंगालमा उजुरी दिएका हुन् ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिशनमा आफ्नो भागमा कति पर्ने भन्दै बार्गे्निङ गरिरहेको अडियो सार्वजनिक भएको थियो ।
यस्तो छ उजुरी पत्र

