आगलागीमा परी स्याङजामा एक बृद्धका मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 22 | 07:02 pm 1498

स्याङ्जा, फागुन १०: गएराति गोठमा आगलागी हुँदा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका ४ घोप्टे घर भएका ८२ वर्षीय जित बहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएका हो ।

शुक्रबार राति ११ बजे आगलागी हुँदा सुतिरहेको अवस्थामा खरले छाएको एक तले कच्ची गोठमा आगलागी हुँदा गुरुङको मृत्यु बताइएको छ ।

आगलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.