अछाम, फागुन १०: गएराति जिल्लाको अछामको गाउँपालिका तुर्माखाँद वडा नं ४ मा चट्याङमा परेर एक शिशुको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् ।
जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको हो भने, उनकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् ।
यसैगरी धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु मरेका छन् । गाउँपालिका अध्यक्ष पुष्पराज शर्माकाअनुसार अहिले घाइतेको उद्वार गर्ने काम भइरहेको जानकारी दिए ।