बेलायती सेनाका सेनाध्यक्षद्वारा नेपालको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

रिपोर्ट नेपाल | 2020 Feb 21 | 09:17 pm 1415

काठमाडौं, फागुन ९: नेपालको सात दिने औपचारिक भ्रमणको लागि नेपाल आएका मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Genद्वारा भ्रमण सम्पन्‍न शुक्रबार स्वदेश फिर्ता भएको छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी गौरव तण्डुलले बिदाई गरेका थिए ।

नेपाल भ्रमणको दौरान उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले पाँचखालस्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको तथा केही पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका थिए ।

उनको उपस्थितीमा शुक्रबार काठमाडौंस्थित बसन्तपुर दरबार स्क्वायरमा नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाण्डौ जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन २०७६ को समेत आयोजना भएको थियो ।

नेपाल र मित्रराष्ट्र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास विश्वास नेपाली सेनाले लिएको  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.