सिरहामा ठुलो परिमाणको घरेलुमदिरा प्रहरीद्वारा नष्ट

रिपोर्ट नेपाल | 2020 Feb 21 | 09:25 am 2086

महेश सिंह सिरहा, फागुन ९: जिल्लाको लहान नगरपालिका १६ तरेगना गोबिन्दपुर मगरटोलबाट प्रहरीले ४ हजार लिटर कच्चा मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सिभिल प्रहरीको टोलिले उक्त परिमाणको लोकल रक्सी नष्ट गरेको हो ।

शिवरात्री पर्वको मध्य नजर गर्दै ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरीका संयुक्त सिभिलको विशेष टोलि खटाइएको थियो ।

शिवरात्रि पर्वमा उछृङ्खल कार्य नहोस भनेर उक्त टोलि खटाएको हो । १ सय घरधुरीमा ४ हजार लिटरकच्चापदार्थ र १ हजार लिटर तयारी मदिरा नष्ट गरेको लहानका इन्स्पेकटर सुमित कुशवाहाले बताए ।

।

मदिरा बनाउने भाडा कुडा समेत प्रहरीले जाफत गरी ल्याएको र रक्सी बनाउने मानिसहरु फरार रहेको ईलाका प्रहरी कार्यालय लहानको इन्स्पेकटर गणेश सुवास खतिवाडाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.