कैलाली, फागुन ७: जिल्लाको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७० वर्षीय बृद्ध लालबहादुर भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
नजिकै रहेका सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका उनको जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।