हतियार देखाएर धम्काउने पासलाल महाशाखाको कब्जामा

रिपोर्ट नेपाल | 2020 Feb 19 | 04:00 pm 2651

काठमाडौं, फागुन ७: बलेफी हाइड्रो पावर कम्पनीका ठेकेदार लगायत कामदारलाई हतियार देखाई ज्यान मार्ने धम्की दिने र हातखुट्टा भाँचीदिने भन्ने पासलाल तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल जडिबुटीबाट पक्राउ परेका पासलाल तामाङ यस अघि ज्यान मार्ने उद्योगमा १८ महिना जेल सजाय भोगेर निस्किएको व्यक्ति हुन् ।

अभियुक्त तामाङको सिन्धुपाल्चोकमा अर्को ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

बलेफी हाइड्रो पावरका ठेकेदार लगायत महिलालाई अभद्र व्यवहार गर्ने पासलाल तामाङ जडिबुटी एरियामा भएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको कुरा एसएसपी थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.