टिपरले टेम्पोलाई ठक्कर दिँदा एकको मृत्यु, ६ घाइते

रिपोर्ट नेपाल | 2020 Feb 18 | 05:34 pm 1576

  • महेश सिंह

सिरहा, फागुन ६: सप्तरीको बोदेवरसाइन नगरपालिका स्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ।

सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फर्किने क्रममा टिपरले टेम्पोलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुको विभिन अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.