काठमाडौं, फागुन ६: बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ ।
तरकारी बजारनजिकै खोला किनारमा एक जना पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त शव मधेसी मूलका जस्ता देखिने मानिसको भएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिए ।
शव भेटिएको खबर पाउना साथ घटनाको सत्यतथ्य बुझ्न त्यहाँ प्रहरी टोली परिचालन भएको बताइएको छ ।