धनुषा, फागुन ५: जनकपुरधाममा एक महिलालाई सामूहिक बलात्कार गरेको छ । बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति ४० वर्षीया महिलालाई दुई युवाले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जानकारी दिएको हो।
घटनामा संलग्न दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सोनामाई भोइलका नरेश महतो र नाम खुल्न नसकेका एक व्यक्ति भारत विहारमधुवनीका रहेका छन्।
दुवै युवालाई प्रहरीले मेडिकल जाँच गराउन प्रादेशिक अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख तथा एसपी रमेश बस्नेतले जानकारी दिए।