गृह एआइजीको दरबन्दी थप्ने गृहकार्यमा

| 2020 Feb 17 | 11:57 am 2583

काडमाडौं, फागुन ५: दुई वर्ष अघि गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी संख्यामा कटौती गरेर तीन दरबन्दी कायम गरेको थियो ।

नेपाल प्रहरीमा रहेका तीन जना अतिरिक्त महानिरीक्षकको अवकासपछि रिक्त पदपूर्ति हुन सकेको छैन । अतिरिक्त महानिरीक्षकको पदोन्नतीका लागि नायब महानिरीक्षकको दौडधुप चलिरहेको समयमा गृह मन्त्रालयलाई बढुवा गर्न कठिनाई परेको छ ।

गर्नै पर्ने मान्छे छुट्ने भएपछि मन्त्रालयले दरबन्दी थप गरेर भएपनि बढुवा गर्ने सोचमा रहेको बुझिएको छ । संख्या थप गर्नका लागि मन्त्रालय र मन्त्रीको निवासमा राम्रैसँग कसरत भइरहेको समाचार स्रोतको दाबी छ ।

तीन जनाको दरबन्दी भएको अतिरिक्त महानिरीक्षकका लागि सात जना नायब महानिरीक्षक प्रतिस्पर्धामा उत्रिएका छन् । निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राईलगायत १७ नायब महानिरीक्षक ३० वर्षे सेवा अवधीका कारण अवकास गएका छन् ।

बाँकी रहेका नायब महानिरीक्षक मध्ये वर्तमान महानिरीक्षक बढुवा भएका थिए । महानिरीक्षक ज्ञवालीका व्याचका तारिणी लम्साल र सूर्य उपाध्याय अझै पाँच महिना कार्यरत रहने छन् । अतिरिक्त महानिरीक्षकको दौडमा तारिणी लम्साल, सूर्य उपाध्याय, शैलेस थापा, हरी पाल, निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोख्रेल रहेका छन् ।

वर्तमान महानिरीक्षक ठाकूर ज्ञवाली पाँच महिनापछि अवकास भएपछि अब बन्ने अतिरिक्त महानिरीक्षकबाट महानिरीक्षक बन्ने भएपछि अतिरिक्त महानिरीक्षकको प्रतिस्पर्धा भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.