कालीगण्डकी नदीले बगाएका एक बालकको उद्धार

रिपोर्ट नेपाल | 2020 Feb 16 | 08:43 am 3322

पर्वत, फागुन ४: कालीगण्डकी नदीले बगाएका एक नौ वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।

पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई शनिबार दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।

कालीगण्डकी नदीले बगाएर झण्डै सय मिटर तल पुर्‍याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ ।

घाइते शिशिरको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.