नवलपरासीमा भारतीय गाडी दुर्घटना एकको मृत्यु, सात घाइते

रिपोर्ट नेपाल | 2020 Feb 15 | 07:35 pm 1557

नवलपरासी, फागुन ३: पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.