पोखरामा यात्रुवाहक बस बिजुलीको पोलमा ठोक्कियो, पोल ढल्दा एक पैदल यात्री घाइते

| 2020 Feb 15 | 03:01 pm 1872

कास्की, फागुन ३: पोखरा महानगरपालिका ९ स्थित नयाँबजारमा शनिबार यात्रुवाहक बस बिजुलिको पोलमा ठोक्किएर बिजुलिको पोल ढल्दा पोलले लागी एक जना पैदल यात्री गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा माछापुछ्रे गाउँपालिका २ भुजुङ खोला निवासी ४६ वर्षीया कृष्णकुमारी विश्वकर्मा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उक्त बिजुलिको पोललमा ४ ख ९३६६ नम्बरको बस ठोक्किएको र पोल ढल्दा उनी घाइते भएकी हुन् ।

प्रहरीका अनुसार घाइते विकको अवस्था गम्भिर छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.