प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

रिपोर्ट नेपाल | 2020 Feb 14 | 09:54 am 1423

काठमाडौं, फागुन २: सरकारको नेतृत्व सम्हालेको दुई बर्ष पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्वोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले शुक्रबार दिउसो २ बजेबाट बस्ने प्रतिनिधिसभाको सुरुमै सम्बोधन गर्नेभएको बताइएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि बनेको सरकारको नेतृत्व गरिरहेका ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका थिए ।

फागुन ३ अर्थात भोली मात्रै उनी प्रधानमन्त्री बनेको २ वर्ष पुरा हुँदैछ । यद्यपि भोली शनिबार परेकाले उनले आज बस्ने प्रतिनिधिसभा बैठकलाइ सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा उनले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका काम कारवाही र समसामयिक घटनाक्रमका बारेका बोल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.