घादिङ, फागुन १: बेनीघाट रोराङ गाउँपलिकामा बसले ठक्कर दिँदा सात वर्षीय बालकको मृत्यु भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना २ ख ५०५७ नंको बसले ठक्कर दिँदा सात वर्षीय प्रज्वल गुरुङको मृत्यु भएको हो ।
बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेका छन् ।
फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।