सल्याना नेपाली सेनाको गाडी दुर्घटना एकको मृत्यु, ६ घाइते

रिपोर्ट नेपाल | 2020 Feb 12 | 07:24 pm 1889

सल्यान, माघ २९: जिल्ला कपुरकोट–३ चोरखालामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ।

सल्यानको सिमखर्क व्यारेकबाट बुटवल जाँदै गरेको लु १ ग १२३ नम्बरको गाडी बुधबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए।

उनका अनुसार मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश बोहरा लगायत ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घाइतेको उद्धारका लागि नेपाली सेनाको एयरबेस क्याम्पस सुर्खेतबाट हेलिकप्टर झिकाइएको लामिछानेले बताए।

घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बताइएको छ। गाडी सडकबाट ५ सय मिटर तल खसेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.