दुम्सीको दुलामा पस्दा चारजना बेहोस, एक बेपत्ता

रिपोर्ट नेपाल | 2018 Jun 28 | 03:44 pm 7200

संखुवासभा, १४ असार : संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।

सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.