सोलुखुम्बु, माघ २८: अवैध रुपले ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरबाट पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्की रहेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर आठ लाख लिएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए ।
पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए ।