स्वास्थ्यमा सुधार नभएपछि प्रधानमन्त्री ओली ग्राण्डी भर्ना

रिपोर्ट नेपाल | 2020 Feb 10 | 01:46 pm 1544

काठमाडौं, माघ २७: शनिबार मृगौलाको डायलाइसिसको क्रममा असहज महसुश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार आराम गर्दा पनि स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान ग्राण्डी अस्पताल लगिएको छ ।

गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीले शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराएका थिए।

शनिबारको डायलाइसिसका क्रममा प्रम ओलीले स्वास्थ्यमा केही असहज महसुस गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

मिर्गौलाको नियमित डायलाइसिस गरिरहेका प्रधानमन्त्री केपी ओलीले आइतबारका सबै कार्यक्रम स्थगित गरेर आराम गरेका थिए ।

प्रधानमन्त्रीलाई डायलाइसिसका क्रममा असहज महसुस गरेपछि चिकित्सकहरुले आइतबार दिनभर आराम गर्न सुझाव दिएका थिएका थिए ।

आरामका लागि समय नछुट्याएर राजनीतिक र व्यक्तिगत भेटघाटमा दौडधुप गर्न थालेपछि पछिल्लो समय ओलीमाथि चिकित्सकहरुले निगरानी बढाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.