काठमाडौं, माघ २६: बूढानीलकण्ठ नगरपालिका–६ बिष्णुमतीस्थित हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रमा उपचारको लागि आएकी एक महिला बलात्कारमा परेकी छिन् ।
बलात्कार गरेको आरोपमा उक्त केन्द्रका सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का २५ वर्षीय बिशाल भन्ने रमेशप्रसाद वाग्ले रहेका छन् ।
गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट गएको टोलीले वाग्लेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको बताइएको छ ।