करेन्ट लागेर सिन्धुलिमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 08 | 05:34 pm 1570

सिन्धुली, माघ २५: शनिबार सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुधौली नगरपालिका १० पटियानीका ३५ बर्षीय कृष्ण कटुवाल रहेका छन् ।

उक्त नगरपालिका १० पटियानीस्थित सार्वजनिक नर्सरीमा काडेतार बेरा लगाउन पिल्लर बनाउनको लागि फलामे रड सिधा बनाउने क्रममा ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको मेन लाइनमा रडले छुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि आरके अस्पताल सिराहा पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीनायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.