चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 08 | 05:06 pm 1952

दाङ, माघ २५: शनिबार दिउँसो दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य, सोही ठाउँ बस्ने ६ वर्षीया बालिका सृष्टि चौधरी र घोराही उपमहानगरपालिका ११ हापुरका ८ वर्षीय बालक ताराबहादुर पुरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुई जनाको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनकारी दिएको छ।

त्यस्तै दिउँसो करिब साढे एक बजे घर आँगनमै खेलिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको मृत्यु भएको प्रहरीले बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.