ताप्लेजुङ, माघ २५: बुहारीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका(२ थ्येचम्बुका ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बू रहेका छन् ।
३५ वर्षीया बुहारी शुकमायाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकै बाटो हिँडिरहेकी बुहारीलाई पूर्णकुमारले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेका थिए ।
पक्राउ परेका पूर्णकुमारलाई थप कानुनी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।