अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

रिपोर्ट नेपाल | 2020 Feb 08 | 09:08 am 1690

सिन्धुपाल्चोक, माघ २५: गएराति सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सिमा खाल्डे प्रहरी चौकिमा अज्ञात समुहले आक्रमण गरेका छन् ।

राति १०, १२ वटा मोटरसाइकलमा आएको समुहले प्रहरी चौकिमा आक्रमण गर्दा २ जना प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आक्रमणबाट गम्भिर घाइते भएका प्रहरी असही सन्तोष कुमार झाको थप उपचारको लागि काठमाडौं लगिएको छ भने प्रहरी हवल्दार हरी बहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।

प्रहरीले १ जना आक्रमणकारीलाइ प्रक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सुनखानिका सोम थिङ रहेका छन्. । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना किन गरेको भन्ने बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।

घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राति नै घटना स्थलमा पुगेका छन्। प्रहरीले थप २ मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.