काठमाडौं, माघ २३: गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कलंकीको अण्डरपासमा दुई जनाको मृत्यु छ ।
मृत्यु हुनेमा रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी रहेका छन् ।
टिपरको ठक्करबा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्कर दिने टिपरको नम्बर भने पत्ता लागकेको छैन सोही कारण फारर रहेको बताइएको छ ।