मकवानपुर, माघ २२: बुधबार मकवानपुर जिल्लाको राक्सीराङ्ग गाउँपालिका २ स्थित सुनौलो सौराहा ईलाकाबाट अवैध लागूऔषध गाँजा सशस्त्र प्रहरी बल टोलीले बरामद गरेको छ ।
टोली तथा स्थानीय प्रहरीले करीव ९७ केजी गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले उक्त गाँजा बरामद गरेको बताइएको छ ।
बरामद गाँजा ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको बुझिएको छ ।