वडाध्यक्ष हत्याको बिरोधमा विनायक बजार बन्द

| 2020 Feb 05 | 09:19 am 2263

अछाम, माघ २२: मंगलबार पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्षको हत्या भएपछि हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ ।

हत्याको बिरोध गर्दै मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा चक्काजाम गरेका छन् । बिहानैदेखि पसलहरु पनि बन्द गराएका छन् ।

बजारमा यातायातका साधन बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

वडाध्यक्ष पदमबहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।

अनुसन्धानका लागि प्रहरीको टोली धनगढीबाट अछाम पुगेको जानकारी प्राप्त भएको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले बुधबार अनुसन्धान प्रक्रिया सुरु गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.