सुर्खेतमा बोलेरो दुर्घटना एकको मृत्यु, चौध घाइते

| 2020 Feb 04 | 03:37 pm 2104

सुर्खेत, माघ २१: मंगलबार सुर्खेतमा भएको बोलेरो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहताल गाउँपालिका ९ का ७४ वर्षीय दशरथ शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।

स्थानीय खाराबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश १५–००१–ज–००१५ नम्बरको बोलेरो जीप वीरेन्द्रनगर–१४ फेदखोलामा दुर्घटना हुँदा सडकबाट करिब १५ मिटर तल खसेको बताइएको छ।

सोही दुर्घटना परी अन्य १४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेको सुर्खेत प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धारपछि प्रदेशिक अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.