काठमाडौं, माघ २१: अवैध सुनसहित महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिका –६ मुलपानी बस्ने मकवानपुरका सन्तोष थोकर रहेका छन् ।
प्रहरीले सोमबार साँझ काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ जम्बोडाँडा गोठाटार पुल नजिक बा १ ज १२४५ नम्बरको ट्याक्सिलाई चेकजाँच गर्दा थोकरको साथबाट १ सय ५० ग्राम सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
साथै उनको साथबाट प्रहरीले ५० र ५० ग्रामका ३ थान चुरा बरामद गरको हो । यस सम्बन्धमा थप आवश्यक अनुन्धानको लागि भन्सार कार्यालय बुझाईएको बतायएको छ ।