एमसिसीमा शैन्य रणनीति जोडिएको छैनः मन्त्री ज्ञवाली

रिपोर्ट नेपाल | 2020 Feb 04 | 02:49 pm 1648

  • रमेश विश्वकर्मा

गुल्मी, माघ २१: परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बारेमा आवश्यक सूचना, दस्तावेज र आवश्यक ज्ञानको अभाव भएका मान्छेहरुले यसको बिरुद्धमा बोलिरहेको बताए । एमसिसीको बारेमा केही जानकारी नभएका मान्छेहरुले मात्र यसको बिरुद्धमा बोलेको भन्दै उनले भने यसमा कुनै पनि शैन्य रणनीति जोडिएको छैन ।

मङ्गलबार प्रेस सङ्गठन नेपालले जिल्लाको सदरमुकाम तमघासमा ओजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रको हित, विकासको आवश्यकता र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर यो विषयलाई छिटो टुङ्याउने बताए ।

एमसिसीको विषयलाई लिएर बाहिर आईरहेका अनावश्यक अतिरञ्जित, अतिप्रायोजित कुराहरु प्रति हामी निकै नै सजग भएर एमसिसीको बारेमा अध्ययन गर्न लागेका छौं मन्त्री ज्ञवालील भने । जसले एमसिसीको पुरारुप जान्न सकेका छैनन् तिनीहरुले नै त्यसको बिरुद्धमा बोलाका छन, यो कार्यक्रम ४९ वटा देशमा लागू भएको छ, यसको बारेमा अध्ययन गर्न आग्रह गरे ।

दुई वर्षको कार्यसम्पादनबाट सरकारको आत्मविश्वास बढेको छ ।

सरकारले विकास निर्माणका धेरै कामहरु गरेको पत्रकार भेटघाट कार्यक्रममा बताउँदै मन्त्री ज्ञवालीले भने, पछिल्लो दुई वर्षको अवधिमा सरकारले प्रर्याप्त उपलब्धिहरु हाँसिल गरेको छ । यसरी हामीले दुई वर्षको अबधिमा हाँसिल गरेका उपलब्धिहरु देखेर हामी निकै नै हर्षित भएका छौं । त्यस्तै हामीले थुप्रै कामहरु गर्न पनि बाँकी छन, त्यसकारण हामी निकै गम्भिर पनि बनेका छौं ।’

दुई वर्षको कार्यसम्पादनबाट नेपाल सरकारको आत्मविश्वास बढेको मन्त्री ज्ञवालीले बताए । निर्वाचनको समयमा जनतासँग हामीले गरेको बाचाकबुलहरु विस्तारै हुँदै गएको बताए । गएको पाँच महिनामा बैदेशिक लगानी पाँच गुणाले बढेको विगतका वर्षहरुको तुलनामा यो धेरै भएको बताउँदै मन्त्री ज्ञवालीले भने,
व्यापार घाटा घटाएका छौं । विकास निर्माणका कामले निकै तिव्रता पाएका छन । वर्षौ देखि काम लिने तर काम समय मै सम्पन्न नगर्ने जून प्रवृति थियो त्यसको अन्त्य भएको छ ।’

वर्तमान सरकारले जसले कामचोर प्रवृति देखाएका छन् । उनिहरुलाई नियन्त्रण गर्ने काम गरिरहेको बताए । त्यस्तै उनले भ्रष्टाचार बिरुद्धको सरकारले हमला सुरु गरेको बताए । भ्रष्टाचार गर्ने जुनसुकै ओहदाका मान्छेलाई अहिलेको वर्तमान सरकारले नछाड्ने बताए । अहिले पछिल्लो समय यस्ता व्यक्तिहरु दिनानु दिन कारबाहीमा परेको बताए ।

जनता सन्तुष्ट हुनु, जनताले खुसी व्यक्त गर्नु भनेको देशमा विधिको शासन र कानुनको शासन हो भन्दै मन्त्री ज्ञवालीले देश विधि र कानुनको शासनमा गएको बताए । उनले जस्तोसुकै व्यक्ति भएपनि अहिले कानुनको फन्दामा आएको बताए । कानुन भन्दा माथि अरु कोही हुन नसक्ने भन्दै नेपालको राष्ट्रिय हित, विकासलाई ध्यानमा राखेर हरेक कुराहरु अगाडी सार्ने मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवाली जिल्लामा स्वास्थ्य बिमा शुभारम्भ कार्यक्रम, रेसुङ्गा नगरपालिका वडा नं. १० र ११ मा सञ्चालित खानेपानीको उद्घाटन, रेसुङ्गा नगरपालिका वडा नं. १४ लाई खरको छानामूक्त वडा घोषणा गर्ने लगायतका विभिन्न कार्यक्रममा सहभागि हुने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.