झापा, माघ २१: मंगलबार झापाको बिर्तामोड नगरपालिका–२, चारपानेमा आगोले जलेको अवस्थामा एकजनाको शव फेला परेको छ।
उक्त शव स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालको कुन्युमा आगोले जलाइएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए अनुसार मृतकको पहिचान हुन नसकेको बताए।
स्थानीयले खेतमा जलेको अवस्थमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रकृति अनुसार परालको कुन्युभित्र मान्छे राखेर बाहिरबाट परालमा आगो लगाएको जस्तो देखिएको जनाए ।
घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट विशेषज्ञ कुकुर मगाइएको छ ।
केहीवेरमा तालिम प्राप्त कुकुर पनि त्यहाँ आइपुग्छ, अनि विस्तृत कुरा खुल्ने, कोइरालाले बताए।
प्रारम्भिक अनुसन्धानमा उनलाई हत्यापछि जलाइएको हुनसक्ने आशंका गरिएको छ ।