आज विश्व क्यान्सर दिवस

रिपोर्ट नेपाल | 2020 Feb 04 | 09:50 am 2115

काठमाडौं, माघ २१: आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्षको विश्व क्यान्सर दिवस ‘म हुँ र म गर्छु’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो । आज क्यान्सर दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र क्यान्सर रोग निवारणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् ।

विश्व क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ तारिखमा मनाउने गरिन्छ । वर्षेनी विश्वभर लाखौं मानिसको क्यान्सरका कारणले मृत्यु हुने गर्छ । यसै कुरालाइ ध्यानमा राखी जनजागरण अनि उपचारका माध्यमबाट मृत्युबाट जोगाउने हेतुले क्यान्सर दिवस मनाइन्छ । यस दिन क्यान्सरविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल तथा विभिन्न कार्यक्रमहरू गरिन्छ ।

पछिल्लो समय नेपालमा अधिक मात्रामा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सरका बिरामी बढ्दै गएको पाइएका छन् । नेपालमा वार्षिक झण्डै ११ हजार नयाँ क्यान्सरका बिरामी देखापर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

तर, चिकित्सकहरूले भने नेपालमा वर्षेनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने अनुमान गर्दै आएका छन् । ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सरका रोगी रहेको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.